हमलाका योजनाकारमाथि पाकिस्तानमा साढे पाँच वर्षकाे सजाय


एजेन्सी – पाकिस्तानमा मुम्बई हमलाका गुरु योजनाकार मानिँदै आएका जमात–उद–दावका प्रमुख हाफिज सइदलाई प्रतिबन्धित संगठनसँग सम्बन्धित भएको र आतंकवादका लागि गैर–कानुनी रुपमा फन्डिङको दुई फरक–फरक मामिलामा साढे पाँच वर्षको फरक–फरक सजाय सुनाइएको छ ।

जेलको सजायको अतिरिक्त अदालतले उनीमाथि १५ हजार भारुको जरिवाना पनि लगाएको छ । लाहोरस्थित आतंकवाद बिरोधी अदालतले लाहोर गुजरांवालामा दायर फरक मुद्धामा उनलाई फरक–फरक सजाय सुनाइएको हो ।

तर यो पैmसला पेरिसमा हुने वित्तीय एक्सन टास्क फोर्स (एफएटीएफ) को बैठकको ४ दिन पहिले आएको छ । पाकिस्तानले आफूमाथि आर्थिक प्रतिबन्ध लाग्न नदिनका लागि भरपुर प्रयास गरिरहेको छ र यो पैmसलालाई यसै बैठकको तयारीको रुपमा हेरिएको छ ।

हाफिज मोहम्मद सइद तथा उनका साथी जफर इकबाललाई आतंकवादका लागि पैसा जुटाउने, गैर कानुनी तरिकाले कोष उठाउन र प्रतिबन्धित संगठनको सदस्य भएको आरोपमा दोषी ठहराइएको छ ।

न्यायाधीश अरसद हुसेन भट्टले हाफिज सईदलाई एन्टी टेरोरिजम खण्ड सात र ११ एनका अनुसार सुनाइएको कानुनी जानकारीका अनुसार एन्टी टेरोरिजम एक्टको धारा १० मा प्रतिबन्धित संगठनसँग सम्बन्धित भएकोमा सजाय हुने प्रावधान रहेको छ ।

पाकिस्तानी पंजाबको प्रति आतंकवाद विभाग (सीटीडी) ले ठूलै रुपमा जमात–उद–दावा, लस्कर–ए–तोइबा र वेलफेयर ह्युम्यानिटी फाउन्डेसशको जाँच सुरु गरेको थियो ।

सीटीडीका अनुसार यी संगठनले आतंकवादका लागि गैर–कानुनी तरिकाबाट संकलन गरिएको पैसा जमिन खरिद गरेको त्यहाँ मदरसा तथा मस्जिद बनाएर यसको प्रयोग र पैसा संकलनका लागि गरेको थियो ।

सीटीडीले यी संगठनले फरक–फरक एनजीओ तथा अर्को वेलफेयर संगठनको नाममा पैसा संकलन गरेको पाएको छ ।

आतंकवाद बिरोधी विभागका अनुसार हाफिज सईद तथा १२ अन्यको बिरुद्धमा गैर कानुनी तरिकाबाट पैसा संकलन गरेको र आतंकवादका लागि प्रयोग गरेको तथा आतंकवाद बिरोधी कानुन १९९७ का अनुसार गैर कानुनी तरिकाबाट पैसा संकलन गरेको आरोपमा पनि कारबाही गरिने र अदालतमा पेश गरिनेछ ।

पाकिस्तानका विदेश मन्त्रालयले २०१५को जनवरीमा जमात–उद–दावा संलग्न भएको सबै चरमपन्थी संगठनको सम्पत्ति रोक्नका लागि भनेको थियो ।

पाकिस्तानले २०१५ मा जमात उद दावमाथि प्रतिबन्ध लगाएको थियो । हाफिज सइद उद दावाका प्रमुख हुन् । कुनै पनि प्रतिबन्धित संगठनसँगको सम्बन्ध गैर कानुनी हो । यो मामिलामा हाफिज सइदको दोषी मान्दै साढे ५ वर्षको सजाय सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement