सुरक्षा कारबाहीमा परि पाकिस्तानमा सात आतङ्ककारी मारिए


एजेन्सी – पाकिस्तानमा पछिल्लो २४ घण्टामा सुरक्षाबलले दुई अलग–अलग क्षेत्रमा गरेको कारबाहीमा परी सात आतङ्कवादी मारिएका छन् ।

आतङ्कवाद विरोधी विभाग (सिटिडी)ले आइतबार देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा एक आतङ्कवादी लुकाउने ठाउँमा सुरक्षाबलले छापा मारेको बताएको छ । गोलीबारीको क्रममा ६ आतङ्ककारी मारिनुको साथै र अन्य तीन जना भागेको सिटिडीले जनाएको छ ।

सीटीडीले आतङ्कवादीको लुक्ने ठाउँबाट हतियार र गोलाबारुद बरामद गरिएको बताएको छ । मारिएका आतङ्ककारीले बलुचिस्तानको राजधानी क्वेटामा संवेदनशील प्रतिष्ठानमा ठूलो आक्रमण गर्ने योजना बनाएका जनाइएको छ ।

यसबाहेक, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लाको जानिखेल क्षेत्रमा आइतवार एउटा खुफियामा आधारित कारबाहीमा एक आतङ्ककारी मारिए थिए । उक्त क्षेत्रका आतङ्ककारी सुरक्षाबलविरुद्ध आतङ्कवादी गतिविधिमा सक्रियरुपमा संलग्न रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement