काठमाण्डु- अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै अवैध रूपमा पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतंकारी मारिएका छन् ।
शुक्रवारदेखि आइतवारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले सीमा पार गर्न खोजिरहेको एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो ।
पाकिस्तानको सेनाले यो समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतंकारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको दाबी गरेको छ ।
पाकिस्तानले सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएयता आफ्ना भूमिमा आक्रमण गर्दै आएका सशस्त्र समूहहरू अफगान भूमिमा लुकेर बसेको आरोप लगाउँदै आएको छ, जुन अफगान सरकारद्वारा अस्वीकार हुँदै आएको छ ।
पाकिस्तानी सरकारले अफगान सरकारलाई आतंकारी समूहहरूलाई नियन्त्रणमा लिन पटक–पटक आग्रह गर्दै आएको भए पनि अफगान पक्षले त्यस्ता बेवास्ता गरिरहेको पाकिस्तानको भनाइ छ ।
प्रतिक्रिया