पाकिस्तानमा गोलभेडाको मूल्य आकाशियो, प्रतिकेजी ६४० रुपैयाँ


एजेन्सी – पाकिस्तानी सहर कराचीमा बुधबार गोलभेडाको मूल्य ६४० रुपैयाँ प्रतिकेजी पुगेको छ ।

डन पत्रिकाका अनुसार पाकिस्तान सरकारले गत साता इरानबाट ४ हजार ५०० टन गोलभेडा आयात गर्ने अनुमति दिएको थियो । तर घरेलु बजारको मूल्यमा यसको कुनै असर परेको छैन । एक कारोबारीका अनुसार ४ हजार ५०० टनमा केबल ९८९ टन मात्रै आएको छ ।

बुधबार कचाचीका मानिस गोलभेडाको मूल्य वृद्धि भएर ६४० रुपैयाँ पुगेपछि महँगीको मारमा परेका छन् । यसै महिनाको सुरुमा यसको मूल्य १९० रुपैयाँ प्रतिकेजी रहेको थियो । गोलभेडाको मूल्य यति महँगो हुनुमा इमरान खानको सरकारलाई दोषि मानिएको छ ।

किनकी उनले आयातको अनुमती केही सीमित मानिसलाई मात्रै दिएका छन् । कोही पनि व्यापारी यसको सित्तैमा आयात गर्न मानिरहेका छैनन् । एक व्यापारीका अनुसार पहिले खुला आयात हुने गर्दथ्यो र मूल्य नियन्त्रणको अवस्थामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement