पाकिस्तानबाट अफगानिस्तानले सबै कूटनीतिज्ञ फिर्ता बोलायो


एजेन्सी – अफगानिस्तानले पाकिस्तानबाट आफ्ना राजदूत र कुटनीतिज्ञ फिर्ता बोलाएको छ । पाकिस्तानमा रहेका अफगानिस्तानका राजदूत नाजिब अलीखिलकी छोरी सिलसिला अलीखिल कुटिएपछि अफगानिस्तानले आफ्ना सबै कुटनीतिज्ञ फिर्ता बोलाएको हो ।

अफगान सरकारले अपराधीहरुको पक्राउ र सजाय सहित सुरक्षा खतराहरुको पूर्ण उन्मूलन नभएसम्म फिर्ता बोलाएको जानकारी दिएको छ ।
अफगान विदेश मन्त्रालयले शान्ति प्रक्रियाको संवेदनशील समयमा पाकिस्तान र अफगानिस्तानको सम्बन्धमा दरार सिर्जना भएको समेत बताएको छ ।

राजदूतकी छोरीलाई शुक्रबार अज्ञात समूहले अपहरण गरि कुटपिट गरेर केहि समयपछि छोडेका थिए । सडकमा घाइते अवस्थामा भेटिएकी  सिलसिलाको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

अफगान विदेश मन्त्रालयका अनुसार बेकरीबाट ट्याक्सीमा निवास फर्कँदै गर्दा ट्याक्सी ड्राइभरले अर्का एक व्यक्तिलाई ट्याक्सिमा राखेपछि उनी अपहरणमा परेकी थिइन् । हाल ट्याक्सी ड्राइभर पक्राउ परिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको पाकिस्तानी अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement