पाकिस्तानी सेनाले भन्यो -हाम्रा वायु सेनाको कारबाहीपछि भारत भाग्यो


एजेन्सी – भारत प्रशारित जम्मू-कश्मिरको पुलवा जिल्लामा फेबरुअरी १४ मा भएको आतकंवादी आक्रमणपछि भारत-पाकिस्तानबीच सम्बन्धमा दरार सृजना भएको बेला,भारतीय सेना पाकिस्तानी भूमिमा प्रवेश गरेपछि पाकिस्तानी सेनाले त्यसको प्रतिकार गरेका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन् -मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ। उनले ट्वीटमा भनेका छन्, “भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे। पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले।“


“भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे। त्यसबाट कुनै हानि या कोही हताहत भएको छैन।“ भारतीय वायुसेनाका सूत्रले बीबीसी हिन्दीसँग भारतीय वायुसेनाका विमानहरू नियन्त्रणरेखापारि गएका र केही स्थानमा आक्रमण भएको स्वीकारेका छन्।

वायुसेना अधिकारीहरूका अनुसार सो कारबाहीका लागि मङ्गलवार बिहान तडके अम्बालाबाट केही मिराज विमानहरू उडेका थिए। तर अन्तर्रा्ष्ट्रिय सीमा उल्लङ्घन नगरी लक्षित स्थानमा बम खसालिएको उनीहरूको दाबी छ।  फेब्रुअरी १४ का दिन भएको आक्रमण पाकिस्तानले गराएको आरोप लगाएकाे छ।

सो घटनामा ४६ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारी तथा षड्यन्त्रकारीहरूले महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए।पाकिस्तानले भने आक्रमणमा आफ्नो भूमिका रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत यदि पाकिस्तानविरुद्ध आक्रमण गरे त्यसको जवाफ दिने बताएका थिए । कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ।

यसअघि भारतले जम्मू-कश्मीरमा सीआरपीएफ गाडीमा सवार ४६ जना सुरक्षाकर्मीको ज्यान लिनेमा पाकिस्तानलाई दोषी मानेको थियो। यसपछि उक्त आक्रमणको जिम्मा पाकिस्तानस्थित चरमपन्थी संगठन जैश-ए-मोहम्मदले लिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement