पाकिस्तानको रेलवे स्टेसनमा बम विस्फोट : २१ जनाको मृत्यु, ४६ बढी घाइते

पाकिस्तानको रेलवे स्टेसनमा बम विस्फोट : २१ जनाको मृत्यु, ४६ बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको एक रेलवे स्टेसनमा बम विस्फोट भएको छ । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको हो ।

विस्फोटमा परि २१ जनाको मृत्यु भएको छ भने कम्तीमा ४६ जना घाइते भएका छन् ।

अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् । घटनाको बारेमा जानकारी दिँदै क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बीबीसीलाई भने, ‘क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको थियो। उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए।’

मुहम्मद बलोचले भने कि घाइतेहरूलाई क्वेटाको सिभिल अस्पताल र ट्रमा सेन्टरमा रिफर गरिएको छ। यसैबिच बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ ।