पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना कति?


काठमाण्डु – विश्वकपमा अफगानिस्तानमाथि शानदार जित हासिल गरेपछि अस्ट्रेलिया सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ ।भारत यसअघि नै आठ खेलमा जित हात पार्दै सेमिफाइनलमा पुगेको छ । त्यसैले सेमिफाइनलको दोस्रो टोली दक्षिण अफ्रिकाको हो ।

अब अन्तिम चारमा पुग्ने एउटा टोलीसँग मात्रै मौका छ । हाल यसका लागि न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान गरी तीन टोली प्रतिस्पर्धामा छन् । तर, गएराति श्रीलंकाविरुद्धको अन्तिम लिग खेलमा २३.२ ओभरमा मात्रै जित हासिल गरेको न्यूजिल्याण्डको नेट रन रेट ०.७४३ पुगेको छ र यो दौडमा अन्य दुई टोली पाकिस्तान र अफगानिस्तानभन्दा निकै अगाडि छ ।

आज अफगानिस्तानले आफ्नो अन्तिम लिग खेल दक्षिण अफ्रिकासँग अहमदाबादमा खेल्दैछ ।अफगानिस्तानको नेट रन रेट माइनसमा छ। अफगानिस्तान -०.३३८ को नेट रन रेटका साथ अंक तालिकामा छैटौं स्थानमा छन्।

पाकिस्तान पनि समान अंक र ०.०३६ को रन रेटका साथ पाँचौं स्थानमा छ। न्युजिल्यान्डसँगको खेलमा श्रीलंकाले पहिले ब्याटिङ गरेपनि यसका ब्याट्सम्यान लगातार आउट भइरहेका थिए । तर, दिलशान मदुशंका र महिश टिक्षानाले १० औं विकेटका लागि ४३ रनको साझेदारी गर्दै श्रीलंकाका लागि अन्तिम विकेटको सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाए।

यसका बाबजुद पनि श्रीलंकाको टोली १७१ रन मात्र बनाएर आउट भएको थियो । जवाफमा न्यूजिल्याण्डको टोलीले आक्रामक ब्याटिङ सुरु गर्दै सहजै पाँच विकेटले खेल जित्यो । चार टोलीको भविष्य यो न्युजिल्यान्ड र श्रीलंका खेलमा निर्भर थियो।

यो खेलमा ठूलो अन्तरले जित निकाल्दै न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन खोजेको थियो । यो जितसँगै १६० बल बाँकी रहँदा न्युजिल्यान्डको नेट रन रेट ०.७४ पुगेको छ र सेमिफाइनलको दौडमा रहेका अन्य दुई टोली पाकिस्तान र अफगानिस्तानभन्दा निकै अगाडि भएको छ ।

यो पराजयपछि श्रीलंका टोली प्रतियोगिताको अंक तालिकाको नवौं स्थानमा झरेको छ । यसले श्रीलंकाको २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावनालाई कठिन बनाएको छ । सन् २०२५ को च्याम्पियन्स ट्रफी पाकिस्तानमा हुने भएको छ र यसमा आयोजकसहित आठ टोलीले मात्रै भाग लिन पाउनेछन् ।

यो समीकरणसँगै पाकिस्तान सेमिफाइनलमा पुग्न सक्षम हुनेछ । श्रीलंकामाथि न्युजिल्यान्डको ठूलो जितको अर्थ पाकिस्तान र अफगानिस्तानले सेमिफाइनलमा पुग्न निकै कठिन समीकरणलाई पार गर्नुपर्ने हुन्छ ।

पाकिस्तानले अन्तिम लिग खेल इंग्ल्याण्डसँग खेल्नुपर्नेछ । त्यसैले पहिले पाकिस्तानले जुनसुकै मूल्यमा यो खेल जित्नुपर्छ । तर, सामान्य जितले पाकिस्तानलाई सेमिफाइनलमा पुग्न सक्दैन किनकि उसले नेट रन रेटमा न्युजिल्यान्डलाई पछाडि छोड्नुपर्नेछ।

इंग्ल्यान्डले पहिले खेल्दै ३०० रन बनायो भने पाकिस्तानले ६.१ ओभरमा मात्र लक्ष्य पूरा गर्नुपर्नेछ। यसको मतलब पाकिस्तानी ब्याट्सम्यानले प्रत्येक बलमा ६ रन बनाए पनि त्यति धेरै ओभरमा २२२ रन मात्रै बनाउन सक्नेछन् ।

पाकिस्तानले इंग्ल्याण्डलाई १०० रनमा अलआउट गरे पनि २.५ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ। पाकिस्तानले पहिले ब्याटिङ गर्दै ३ सय रन बनायो भने इंग्ल्याण्डलाई १३ रनमा अलआउट गर्नुपर्नेछ । अर्थात सेमिफाइनलमा पुग्न पाकिस्तानले इंग्ल्याण्डलाई २८७ रनको ठूलो अन्तरले पराजित गर्नुपर्नेछ ।

न्युजिल्यान्डसँगको खेलपछि टर्बोनेटर हरभजन सिंहले भने, ‘पाकिस्तानको अब सेमिफाइनलमा पुग्ने सम्भावना छैन किनभने उसले २८७ रनले म्याच जित्नुपर्नेछ। उसले त्यति धेरै रन बनाउन पनि सक्दैन।’

पाकिस्तान र अष्ट्रेलियाले शनिबार एक आपसमा भिड्दैछन् । आइतबार भारत र नेदरल्याण्ड्सबीचको खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement