पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २८ जनाको हत्या भएको विरोधमा महाराजगन्जस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको छ ।

पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको भारतको आरोप सही रहेको भन्दै नागरिक युवा शक्ति नेपालको नाममा ब्यानर र प्लेकार्डसहित प्रदर्शन भएको हो ।

उनीहरुले पाकिस्तानी सेनाविरुद्ध समेत पोस्टर प्रदर्शन गरेका थिए । उनीहरुरू आक्रमणमा नेपाली युवा सुदीप न्यौपानेको हत्या भएकोमा पनि विरोध जनाएका छन् । आतंककारी आक्रमणमा बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए ।

घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै विरोध प्रदर्शन गरिएको हो ।