काठमाण्डु-पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा २२ जनाको गोली हानी हत्या गरेका छन् ।
साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा आज बिहान उनीहरूको हत्या भएको हो ।
मुसाखाइलका एक वरिष्ठ अधिकारीका अनुसार पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकुहरूले बस, ट्रक र भ्यान राकेर गोली हानी २२ जनाको हत्या भएको हो । गोली लागेर पाँचजना घाइते छन् ।
जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले घटनाका लागि बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकु जिम्मेवार रहेको बताए ।
बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकु पृथकतावादी समूह हो । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतहरूको प्रचुरता छ । रासस/एएफपी
प्रतिक्रिया