सात वर्षपछि भारतमा क्रिकेट खेल्दै पाकिस्तान


काठमाण्डु – पाकिस्तानी क्रिकेट टोलीले भारतीय भूमिमा क्रिकेट खेल्ने भएको छ । सात वर्षको अवधिमा पहिलोपटक पाकिस्तानी खेलाडी भारतीय मैदानमा उत्रिन लागेका हुन् ।

भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकपमा भारत र पाकिस्तानबीच सन् १९९२, १९९६, १९९९, २००३, २०११, २०१५ र २०१९ गरी सातपटक प्रतिस्पर्धा भएको छ । यी सबै प्रतिस्पर्धामा भारत विजयी भएको थियो ।

बहुप्रतिक्षित भारत-पाकिस्तानबीचको प्रतिस्पर्धा आगामी अक्टोबर १५ मा अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement