पाकिस्तानी आकाशमा भारतीय जहाज उडान पूर्ण रुपले बन्द गर्छाैं : इमरान खान


एजेन्सी – पाकिस्तानले भारतका लागि आफ्नो आकाश फेरि बन्द गर्ने चेतावनी दिएको छ ।भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएपछि क्रुद्ध बनेको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनै पनि भारतीय जहाजलाई उडान गर्न नदिने चेतावनी दिएको हो ।

मंगलबार बसेको पाकिस्तानी मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री इमरान खानले पाकिस्तानी आकाश भारतका लागि पूर्ण रूपले बन्द गर्ने प्रस्ताव गरेका थिए ।

पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेनले ट्वीट गर्दै हवाइ मार्गसँगै अफगानिस्तानसँग व्यापार गर्न भारतले प्रयोग गर्दै आएको स्थलमार्ग पनि बन्द गर्नेबारे कानुनी प्रक्रिया पूरा गर्न लागिएको जानकारी दिएका छन् । ‘मोदीले सुरू गरे हामी अन्त्य गर्नेछौं,’ उनले ट्वीटरमा लेखेका छन् ।

यसअघि गत फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ हमला गरेपछि पाकिस्तानले आफ्नो आकाश बन्द गरेको थियो । १३८ दिनसम्म बन्द भएको आकाश जुलाई १६ मा खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement