पाकिस्तानले लगायोे भारतीय फिल्ममाथि प्रतिबन्ध


एजेन्सी – पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्ने घोषणा गरेका हुन् ।

जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकराले सोमबार खारेज गरेपछि पाकिस्तानले भारतसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध कम गर्नको लागि कदम चालिसकेको छ ।

डा. फिरदोसले कश्मीरको पक्षमा पाकिस्तानले सबै किसिमको विकल्प अपनाउने बताएका छन् । उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई समेत कश्मीरको अवस्थाबारे जानकारी लिन आग्रह गरेका छन् । यसका साथै पाकिस्तानले कश्मीरको दुर्दशाको बारेमा उजागर गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement