पाकिस्तानको आइएसआई प्रमुख फेरिए, फैज हमीद नियुक्त


एजेन्सी – पाकिस्तानको सेनाले लेफ्टिनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ ।

पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टिनेन्ट जनरल आसिम मुनिरको स्थानमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त भएका मुनिरलाई आठ महिनापछि नै हटाइएको छ ।

हमिदले यसअघि आइएसआईको प्रतिजासुसी विभागको प्रमुखका रुपमा सेवा गरिकेका छन् । उनी गत अप्रिल १२ मा लेफ्टिनेन्ट जनरलमा पदोन्नति भएका थिए ।

सन् १९५० मा स्थापना भएको आइएसआईलाई पाकिस्तानी हित र राष्ट्रिय सुरक्षाका मामिलामा देश भित्र र बाहिर गुप्तचरी गर्ने प्रमुख जिम्मेवारी दिइएको थियो। यसको प्रधान कार्यालय हाल इस्लामावादमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement