पाकिस्तानी प्रधानमन्त्री भन्छन् -भारतले आक्रमण गरे जवाफ फर्काउँछौं


काठमाडौं – भारत प्रशासित जम्मू–कश्मीरको पुलुवा जिल्लामा भएको सिआरपीएफ आक्रमणलाई लिएर पहिलो पटक सञ्चारमाध्यममा बोल्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत यदि पाकिस्तानविरुद्ध आक्रमण गरे त्यसको जवाफ दिने बताएका छन्।

सोमबार एक भिडियो सन्देश जारी गर्दै इमरानले बिहीबार जम्मु कस्मिरको पुलुवामामा भएको आतंकवादी हमलाबारे पाकिस्तानलाई कुनै पूर्वजानकारी नभएको समेत बताए। यसअघि भारतले जम्मू-काश्मीरमा सीआरपीएफ गाडीमा सवार ४० जना सुरक्षाकर्मीको ज्यान लिनेमा पाकिस्तानलाई दोषी मानेको थियो।

यसपछि उक्त आक्रमणको जिम्मा पाकिस्तानस्थित चरमपन्थी संगठन जैश-ए-मोहम्मदले लिएका थिए। प्रधानमन्त्री इमरान खानले भनेका छन्, ‘ सर्वप्रथम त बिना प्रमाण भारतले आरोप लगाएको छ, पाकिस्तानका लागि साउदीको शाही राजकुमारको भ्रमण यति विशेष थियो हाम्रो। जब पाकिस्तान स्वयमले स्थायित्व र शान्ति चाहिरहेको छ भने हामी किन यस्तो आक्रमण गर्छौ?’

उनले प्रश्न गर्दै भनेका छन्, ‘ पाकिस्तानलाई यसले के फाइदा गर्छ ? यदि प्रत्येक चोटी तपाईलाई यस्तै गर्नु छ भने तपाई पटक पटक यही नै आरोप लगाएर भनिरहनुहुन्छ। म धेरै पटक भनिसेको छु की यो नयाँ पाकिस्तान हो। पाकिस्तान त आफै भयावहस्थितिबाट गुज्रिरहेको छ।’

 उनले घटनाबारे छानबिन गर्न पनि भारतलाई अनुरोध गरेका छन्। ‘म तपाईंहरूलाई आग्रह गर्छु घटनास्थलमा आएर जाँच गर्नुस्। यदि कसैले पाकिस्तानी भूमिबाट यस्तो गरिरहेको छ भने ऊ हाम्रो पनि दुस्मन हो,’ इमरानले भने।  ‘यदि भारतले आक्रमण गर्दा हामी चुप लागेर बस्छौं भन्ने सोच्छ भने हामी जवाफ फर्काउँछौं,’ इमरानले भनेका छन्,‘हामी सबैलाई थाहा छ, युद्ध सुरू गर्ने मानिसहरूको हातमा छ तर त्यसले कहाँ र्पुयाउँछ भन्ने भगवानलाई मात्र थाहा हुन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement