पाकिस्तानी प्रधानमन्त्रीले भने – भारतसँग पनि सम्बन्ध सुधार्न जरुरी छ


एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चिनसँग राम्रो सम्बन्ध रहेको बताएका छन् । प्रधानमन्त्री खानले चिनसँग राम्रो सम्बन्ध रहेको बताउँदै भारतसँग पनि सम्बन्ध सुधार्न आवश्यक भएको बताएका हुन् ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको निम्तोमा आयोजित मिडल इस्ट ग्रिन इनिसियटिभ  (एमजीआई) सम्मेलनमा सहभागी हुन इमरान साउदीको रियाद पुगेका बेला उनले साउदी अरबको समेत तारिफ गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री खानले क्रिकेट म्याचमा पाकिस्तानसँग भारत नराम्ररी हारेको समेत बताए ।

‘दुनियाँका दुई ठूला बजार हाम्रा छिमेकी हुन् र अफगानिस्तानमार्फत मध्य एशियाको बजारसम्म हाम्रो पहुँच छ,’ इमरानले भने,‘चीनसँग हाम्रो सम्बन्ध राम्रो छ । तर, भारतसँग पनि सम्बन्ध सुधार्न जरुरी छ । यद्यपी अघिल्लो रात क्रिकेट म्याचमा पाकिस्तानसँग भारत नराम्ररी र्हायो । त्यसैले भारतसँग सम्बनध सुधार्नका लागि यो सही समय होइन ।’ आइतबार टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । विश्वकपमा एकआपसमा दुई टोलीले खेलेका १३ खेलमध्ये पाकिस्तानले हासिल गरेको यो पहिलो जीत हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement