पाकिस्तानको संसद विघटन


काठमाण्डु – पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा राष्ट्रियसभा विघटन गरेका छन् । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद विघटन गरेका हुन् ।

राष्ट्रियसभा विघटनसँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शहबाज सरिफ पदमा रहने छन् । संसद् विघटनपछि तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन हुनेछ । राष्ट्रियसभामा विपक्षी दलका नेता राजा रियाजले नाम छनोट गर्न आज प्रधानमन्त्री शाहबाज सरिफसँग भेट गर्ने बताइएको छ ।

उनीहरूले नाममा सहमति जुटाउने प्रयास गर्ने बताएका छन् । उनले कार्यवाहक प्रधानमन्त्रीको नाम सबैले स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् । पाकिस्तानी संसदको कार्यकाल अगस्ट १२ मा सकिँदै थियो तर तीन दिनअघि नै संसद भंग गर्ने निर्णय गरिएको हो ।

अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement