काठमाडौं – पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय एयरफोर्सका विंग कमाण्डर पाइलट अभिनन्दनले पाकिस्तानी सेनाको प्रशंशा गरेका छन् ।बुधवार पाकिस्तानले जम्मू-काश्मिरबाट नियन्त्रणमा लिएका भारतीय वायु सेनाका पाइलटअभिनन्दनले पाकिस्तानी सेनाका अधिकारीहरुलाई आफ्नो बारेमा बताएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ।
भारतीय पाइलट अभिनन्दन भन्छन्,पाकिस्तानी सेनाले मलाई राम्रो हेरचाह गरिरहेका छन्’ ’मेरो नाम विङ कमान्डर अभिनन्दन हो। मेरो सर्भिस नम्बर २७९८१. म एक फ्लाइङ पाइलट हुँ।..’चिया पिउँदै पाकिस्तानी अधिकारीहरुको प्रश्नको जवाफ दिँदै गर्दा उनले पाकिस्तानी सेनाले आफ्नो राम्रो हेरचाह गरेको बताएका छन्।
पाकिस्तानी सेनाका अधिकारीहरुलाई जेनटलम्यान भन्दै उनले यो अडान भारत फर्केपछि समेत नछोड्ने बताएका छन्। उनलाई पाकिस्तानी अधिकारीहरुले के मिसनका साथ पाकिस्तान आएको भन्ने प्रश्न गर्दा उनी भन्छन् ’सरी सर, त्यसको विवरण दिन म सक्दिनँ।’ बुधवार पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तानी भूमि प्रवेश गरेको दुई भारतीय विमानलाई खसालेको थियो ।
https://youtu.be/zJ4aLiimbKo
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले ट्वीट गर्दै एउटा विमान कश्मिरमा र अर्को विमान भारत नियन्त्रित जम्मू काश्मिरमा खसेको जानकारी दिएका छन्। उनले एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिएको समेत बताएका थिए। पहिला भारतले पाकिस्तानी सेनाले आफ्नो विमान खसालेको दावीको खण्डन गरेको थियो। भारत नियन्त्रित कश्मिरमा खसेको विमान प्राविधिक त्रुटिका कारण भएको भनेको थियो। बेलुकीसम्म आइपुग्दा भारतले आफ्नो एक विमान र पाइलट हराइरहेको बताएको थियो।
पाकिस्तानमा पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिइएको भिडियो सार्वजनिक भएपछि भारतले विवश भएर आफ्नो विमानहरु पाकिस्तानले खसालेको र पाइलट पाकिस्तानको नियन्त्रणमा रहेको स्वीकार गरेको थियो। यस सम्बन्धमा भारतले पाकिस्तानका उच्च आयुक्तसँग समेत प्रश्न गरेको थियो। पाइलट अभिनन्दन पाकिस्तानमा रहेको पुष्टि भएपछि भारतभर उनलाई फर्काउन माग भएको छ। विपक्षी दलहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले निर्वाचनको बेला घटनालाई राजनीतिकरण गर्न खोजेको आरोप लगाएको छ।
अभिनन्दन चिया पिउँदै गरेको भिडियो सार्वजनिक हुनुभन्दा अघि उनको विमान खसेको स्थानको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा खोला नजिकै भेटिएका उनलाई केही व्यक्तिहरुले तानेर, कुटेको देखिन्छ। अभिनन्दनको अनुहारबाट रगत बगेको प्रस्ट देखिन्थ्यो। पछि पाकिस्तानी सेनाले उनलाई नियन्त्रणमा लिएको थियो।
That’s an Indian SOLDIER !
You will feel proud to Listen Wing Cdr #Abhinandan of Indian Airforce ! He kept safety, honor & welfare of our country first on every reply !
You lived up to ethos of Indian Armed Forces..We r proud of you Bhai?Jai Hind @IAF_MCC @adgpi @indiannavy pic.twitter.com/CJ9HMDrDhZ— Major Surendra Poonia (@MajorPoonia) February 27, 2019
भारतीय मिडिया र सामाजिक संजालमा अभिनन्दनमाथि प्रहार भएको घटना बाहिरिएपछि पाकिस्तानको विरोध भएको थियो। तर पाकिस्तानी सेनाले भने अभिनन्दनलाई सेनाले नियन्त्रणमा नलिएको भए स्थानीयहरुले उनफसँग जे पनि गर्न सक्ने उत्तर दिएको थियो। पाकिस्तानी सेनाका मेजरसँग कुरा गर्दै गर्दा विंग कमाण्डर अभिनन्दनले चिया पिउँदै छन् र उनी निकै आरामसँग बोलिरहेका छन् । उनीमाथि कुनै दबाब भएको उनको हाउभाउ हेर्दा देखिँदैन । उद्धार गरेपछि उनलाई मुजफ्फरपुरको सैनिक अस्पतालमा उपचार गरिएको थियो । अभिनन्दनले भारतमा आफ्नो ठेगाना भने बताएनन् । उनले यत्ति भने ‘म दक्षिण भारतीय हुँ ।’ उनले चिया पनि निकै मिठो भएको भन्दै धन्यवाद दिए ।
प्रतिक्रिया