काठमाण्डु– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा पुगेका मन्त्री पोखरेलविरुद्ध विद्यार्थीले नाराबाजी गरेका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले नेपोबेबी शिक्षामन्त्री, मेरिटोक्रेसी लागू गर जस्ता नारा लगाएका थिए ।
सुरक्षामा खटिएको प्रहरी टोलीले प्रदर्शन गर्ने २३ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा त्रिभुवन विश्वविद्यालय स्ववियु उपसभापति सनम वली, त्रिवि स्ववियु सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिङ ऐरी, प्रकाश सन्जेल लगायत रहेका छन् ।




प्रतिक्रिया