सिआइबी हुँ भन्दै ठगी गर्ने २ जना पक्राउ


झापा – बाह्रदर्शी गाउँपालिका–३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी हौं भनी नगद असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका–१ बस्ने २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका–३ बस्ने २० वर्षीय जिवन दास रहेका छन् ।

उनीहरुले प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ हजार नगद असुली गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement