काठमाडौं – ४२ लाख रुपैयाँ घुस लिएको अभियोगमा अधिवक्ता टेकबहादुर राना मगर पक्राउ परेका छन् ।
उनले थुनामा रहेका ब्यक्तिलाई भनसुन गरेर छुटाईदिन्छु भन्दै पीडित परिवारबाट ४२ लाख रुपैयाँ लिएका थिए । पीडितको उजुरीका आधारमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले माइतीघरबाट पक्राउ गरेको हो ।
ललितपुरस्थित नख्खु कारागारमा रहेका रमेश दाहाललाई छुटाईदिने भन्दै अधिवक्ता मगरले पीडित परिवारबाट ४२ लाख रुपैयाँ लिएको उजुरीपछि उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी शहकुलबहादुर थापाले बताए ।
राजस्व चुहावट मुद्दामा पक्राउ परेका दाहालविरुद्ध उच्च अदालत पाटनले २ करोड २५ लाख रुपैयाँ धरौटी मागेको छ ।
दाहाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ०७५ मंसिर २७ गते पक्राउ गरेको थियो । मगरले गत साउन २४ गते ४२ लाख घुस लिएका थिए ।




प्रतिक्रिया