गोदावरीस्थित मिजारको घरमा बम राखेर पैसा माग्ने सेनाका पूर्वहवल्दार पक्राउ


काठमाडौं – ललितपुरको गोदावरीस्थित शुकराम मिजारको घरमा बम राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली सेनाका अवकाश प्राप्त हवल्दार राजकुमार सार्की रहेका छन् ।

मिजारको घरमा ग्रिनेड बम राखेर पैसा मागेका सार्कीलाई महानगरीय प्रहरी वृत्त, चापागाउँको टोलीले पक्राउ गरेको हो । साेमबार मिजारको घरमा राखिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको थियो ।

सेनाको बम डिस्पोजल टोलीले उक्त बम पारेको थियो । सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement