काठमाण्डु– इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् ।
इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का दमकबाट ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका हुन् ।
खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा खड्कालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।




प्रतिक्रिया