विनोद शाही हत्या प्रकरण : पञ्चदेवल नगरपालिकाकी मेयरसहित ७ जना पक्राउ


काठमाण्डु – अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

पञ्चदेवल–४ का युवा विनोद शाहीको हत्यामा संलग्न भएको आरोप लागेका चलाउनेसहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको हो ।

जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ ।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

यसअघि जाहेरी दर्ता भएकोमध्ये पाँच जनालाई पक्राउ गरेको र अन्य दुईजनालाई हिजो नियन्त्रणमा दिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement