स्रोत नखुलेको १ करोड ४७ लाखसहित दुई जना पक्राउ


काठमाण्डु – चन्द्रागिरी नगरपलिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका–४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले कपिलबस्तुबाट काठमाण्डुतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र लुकाई ल्याएको उक्त रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement