चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ


काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले आज विहान चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट मोटरसाईकलसहित धादिङ्ग गल्छी गाउँपालिका बस्ने बिजय तामाङ्ग र आईतराज तामाङ्गलाई पक्राउ गरेको हो ।

उपत्यकाको विभिन्न स्थानबाट मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

किर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाईकल काठमाण्डुको चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामाहुलिया निवेदन दिएका थिए ।

महाशाखाले चोरी भएको उक्त मोटरसाईकलको नम्बर प्लेट परिबर्तन भएको अबस्थामा पक्राउ गरेको र वास्तविक नं. प्रदेश ३–०२,०१४प ०३३९ रहेको बताएको छ ।

मोटरसाइकल हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement