अमेरिका पठाउँछु भन्दै १५ लाख ठगी गर्ने पक्राउ


काठमाण्डु – आफुलाई राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे स्थाई घर भई हाल मित्रपार्क, चावहिल बस्ने ६० वर्षिय तुलसी थापालाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट पक्राउ गरिएको हो ।

थापाले आफु राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष भएको र अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गरेका थिए । उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डु पठाईएको छ ।

थापाले आफु अमेरिकामा हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई पन्ध्र लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement