चितुवाको टाउको र दाह्रा सहित सुन्धाराबाट ३ जना पक्राउ


काठमाण्डु – महानगरीय अपराध महाशाखा काठमाण्डुले काठमाण्डुको सुन्धाराबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा र टाउको भाग सहित ३ जनालाई पक्राउ गरेको छ ।

महाशाखाले शुक्रबार काठमाण्डुको सुन्धारास्थित् काठमाण्डु मल अगाडीबाट लमजुङ दुधपोखरी गाउपालिका–६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोशी गाउँपालिका–१२ घर भएका २० वर्षीय सुजन थिङ र सोहि ठाउँ बस्ने १८ वर्षीय मिङमार मोक्तानलाई पक्राउ गरेको हो ।

विषेश सुचनाका आधारमा पक्राउ परेका उनिहरुलाई खानतलासी गर्दा अवैध संरक्षित चितुवाको १ थान दाह्रा सहितको टाउको बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिंडीरहेको बेलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन(२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको डिभिजन वन कार्यालय, हात्तीसार काठमाण्डु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement