भतिजा अपहरण गरी फिरौती माग्ने काका पक्राउ


जनकपुर – आफ्नै भतिजा अपहरण गरी फिरौती माग्ने काका पक्राउ परेका छन् ।

सिराहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसुको अपरण गरेको आरोपमा काका कुलदीप यादवसहित दुई जना पक्राउ परेका हुन् । प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए ।

भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको सकुशल उद्धार गर्ने क्रममा प्रहरीले काकाकै संलग्नता रहेको पुष्टि गरेको हो ।

अनुसन्धानको क्रममा बालककको अपहरणमा उनकै काका संलग्न रहेको खुलेपछि काकासहित दुई जनालाई नियन्त्रणमा लिई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

कुलदीपकै योजना बमोजिम सिराहा नगरपालिका १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवले बालकको अपहरण गरेर भारत पुर्‍याएको खुलेको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले जानकारी दिए ।

प्रहरीका अनुसार कुलदीपको बालकको बुबा प्रदीपसँग मनमुटाब रहेको थियो । सोही रिसइबी साँध्न बच्चाको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement