भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ


काठमाण्डु – आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई मोहनले फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनको खोजतलास गर्ने क्रममा निज महानगरीय प्रहरी परिसर काठमाण्डुमा आफै उपस्थित भएको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

रड प्रहारबाट गम्भीर घाइते भएकी रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement