चोलेन्द्रको समर्थनमा अनसन बस्न खोज्ने चार वकिल सर्वोच्चबाट पक्राउ


काठमाण्डु – सर्वोच्च अदालत बार परिसरबाट चार जना वकिल पक्राउ परेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसियसन विरुद्ध अनसन बस्न बार परिसरमा पुगेका अधिवक्ता स्वागत नेपालसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले अदालत सुचारु हुनुपर्ने माग राख्दै बारको भवनमा अनसन बस्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बारले राणाको राजीनामा माग्दै आन्दोलन गरिरहे पनि नेपालसहितका केही कानुन व्यवसायी भने प्रधानन्यायाधीश राणाको पक्षमा देखिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement