पाल्पा– पाल्पामा १० वर्षीया बालिका जबरजस्ती करणीको शिकार भएकी छन् ।
बलात्कार आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडित पक्षबाट किटानी जाहेरी परेपछि आरोपी किशोरलाई पक्राउ गरिएको पाल्पा प्रहरीका सूचना अधिकारी डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार गत साउन १५ मा बालिकालाई लिची खान भन्दै आरोपीले आफ्नै घरमा बोलाएका थिए ।
त्यही क्रममा बालिकामाथि जबरजस्ती करणी भएको आरोप पीडित पक्षको छ ।
घटनाबारे भदौ ४ गते मात्र प्रहरीमा लिखित जाहेरी परेको थियो ।
पक्राउ परेका किशोरलाई जिल्ला अदालत पाल्पामा उपस्थित गराएर पाँच दिनको म्याद थप गरिएको डिएसपी भट्टराईले बताए ।




प्रतिक्रिया