पल,बले र सुधिरसँग रियाशाको रोमान्स (भिडियो सहित)


काठमाडौं – कोभिड १९ नियन्त्रण र रोकथामका लागि भएको लामो बन्दाबन्दी पछि पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन् ।

बन्दाबन्दी खुकुलो भएपछि भौतिक दुरी कायम गरि निर्माण गरिएको ए है माया बोलको गीतको भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधिर श्रेष्ठले पनि अभिनय गरेका छन् । दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीका एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ ।

गीतको शब्द गायक ओली आफैले लेखेका हुन् भने भिडियो निर्देशन पनि उनी आफैंले गरेका छन् । विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतिले खिचेका हुन् । भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतिप्रतिको मायालाई देखाइएको छ ।

भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यवहार गर्नु पर्ने सन्देश प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement