पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


काठमाण्डु – अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जबरजस्ती करणीको अभियोग लागेका शाहलाई आइतबार जिल्ला अदालत तनहुँले हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।

बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

त्यस्तै तीनै गायीकाले पलविरुद्ध अर्को बलात्कार उजुरी दिएकी छन् । उनले चितवनको गैडाकोटस्थित प्रहरी कार्यालय पगेर उजुरी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement