पाल्पामा बस दुर्घटना :१२ को मृत्यु , १५ जना घाइते


पाल्पा – पाल्पामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यृ भएको छ । भने १५ जना घाईते भएका छन् ।

तानसेनबाट रामपुर जादै गरेको लू १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार विहान रम्भा गाउंपालिका -४ होमिनमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक दिल्लीराज पन्तले बताए।

उनका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन्। २७ जना सवार बस सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको छ।
लक्ष्मी वचत तथा ऋण सहकारी संस्था तानसेनबाट भ्रमण जाँदै गरेको बस दुर्घटना भएको हो । प्रहरी उपरिक्षक पन्तका अनुसार मृतकका संख्या बढ्न सक्ने छ। घाइतेलाई मिशन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि ल्याइदै गरिएको उनले बताए। गएरातिदेखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement