पाल्पामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु


पाल्पा– पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस पाल्पाको रम्भा–४ मा अनियन्त्रित भई सडकबाट डेढ सय मिटर तल खस्दा ज्यान गुमाउनेको संख्या १४ पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य, वडा नम्बर ११ का कृष्ण बहादुर बोहोरा, २ का देवेन्द्रलाल प्रधान र लोकनाथ ढकाल, ३ की कमला कार्की र बसन्ती खाँड, ४ का दुर्गाबहादुर सारु तथा ६ की गीता बुढाथोकी, सुशीलप्रसाद श्रेष्ठ र सचिन बज्राचार्यको मृत्यु भएको छ।

यसैगरी, तानसेन ५ की दुर्गादेवी श्रेष्ठ, ३ का कृष्णमान बज्राचार्य र क्षेत्रमान शाक्य तथा तानसेन २ की मुना सारुको पनि दुर्घटनामा मृत्यु भएको छ।

अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको बस दुुर्घटनामा वरेको हो।

दुर्घटनाका ३ गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ। घाइते अन्य ७ जनाको पाल्पाको युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement