पाल्पा र रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु


बुटवल – पाल्पा र रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाका ६९ वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिला र रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

बुटवलको कोरोना अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement