सरकारले चीनबाट ‘जी टूजी’ विधिबाट स्वास्थ्य उपकरण खरिद गर्नुपर्छः पम्फा भुसाल


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले चीनबाट खरिद गरेका स्वास्थ्य सामग्रीमा भएको अनियमितताको छानबिन हुनुपर्ने माग गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद भुषालले देश महविपत्तिको सामना गरिरहेका बेला भएको अनियमितताको छनबिन हुनुपर्ने माग राखेकी छन् । चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीमा अनियमितता र गुणस्तरहिन रहेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चर्को आलोचना भइरहेका बेला उनले छानबिन हुनुपर्ने माग गरेकी छन् ।

पुर्वमन्त्री समेत रहेकी भुषालले कोरना भाइरसको जाँच र उपचारको लागी चाहिने स्वास्थ्य उपकरण लगाएतका सामग्री यथाशिघ्र खरिद गर्न सरकारसँग माग गरेकी छन् । साथै उनले सरकार जी टूजी विधि प्रयोग गरेर यथासिघ्र स्वास्थ्य सामाग्री खरिद गर्नुपर्ने बताएकी छन् । उनले यो विधिबाट सामग्री खरिद गर्दा छिटो र गुणात्मक हुने सुझाव दिएकी छन् ।

‘नेपाल सरकार अहिलेका लागी सबै भन्दा बिस्वसनीय विधि सरकारले चीन सरकारसँग कुरा गरी चीन सरकार मार्फत (जी टूजी) बिधिबाट खरिद गर्नुहुनेछ । यो विधिबाट सामग्री खरिद गर्दा छिटो र गुणात्मक हुनेछ’, उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement