मिश्रलाई पञ्चा सिंहको चुनौती : विश्वविद्यालयबाट विद्यार्थी राजनीतिमा रोक लगाएर देखाउनुहोस् 


काठमाण्डु – अखिल (क्रान्तिकारी) उपाध्यक्ष पञ्चा सिंहले  रबिन्द्र मिश्रलाई तागत भए विद्यार्थी राजनीतिमाथी रोक लगाएर देखाउन चुनौती दिएकी छिन् ।  सडकको मोर्चा खाली देखेर मण्डलेहरु सलबलाउन खोजेको भन्दै नेतृ सिंहले  अहिले पनि सडकको मोर्चा विद्यार्थीहरुले समालिरहेको दाबी गरिन ।

‘सडक खाली छैन सडकमा अखिल (क्रान्तिकारी) छ, नेविसंघ छ, अखिल र समाजवादी  विद्यार्थी युनियन सहित दर्जनौँ विद्यार्थी संगठन अहिले पनि मैदानमै छ । मुलुकको पौने एक करोड विद्यार्थीहरूको  सङ्गठनहरूको तागतलाई कमजोर नठान्दा हुन्छ ।’

नेतृ सिंहले भनिन्, ‘रबिन्द्र मिश्रले हिजो जावलाखेलको कार्यक्रममा कलेज र विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्कीपूर्ण नारा पोतिएको ब्यानर अघि उभिएर हाम्रो आन्दोलन र परिवर्तन विरुद्ध बकबक गरेछन् , म चेतावनी दिन चाहन्छु दरबारलाई ढालेर आएको यो आन्दोलनलाई  दरबारका भारदार र सेवकहरुले नजिस्काउन ।’

विद्यार्थी आन्दोलनले निरंकुश सत्ताको तिन पुस्ता सँग  लडेको इतिहास पढ्न सुझाव समेत उनले दिइन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement