प्रचण्डलाई देखाइदिन्छु भन्नेहरुले बैद्य, बाबुराम र बिप्लवबाट पाठ सिकुन: पञ्चा सिंह


काठमाण्डु – माओवादीकाे भातृ संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले प्रचण्डलाई देखाइदिन्छु भन्नेहरुले बैध्य , बाबुराम र बिप्लवबाट पाठ सिक्नुपर्ने बताएकी छन् ।

अखिल (क्रातिकारी)को तिन महिने अभियान विद्यार्थीसँग अखिल(क्रान्तिकारी)’ को आज काठमाण्डुमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएकी हुन् ।

माओवादीप्रति एक पटक फेरि जनतामा बिश्वास देखिएको गत निर्वाचनले पुष्टि गरेको भन्दै उनले भनिन ‘माओवादीका निम्ति पार्टीलाई २०६४ को जस्तो बिशाल बनाउने नयाँ मौका आएको छ । तर, कतिपय साथीहरु यो अवसरलाई सदुपयोग गरेर जानु पर्नेमा बखेडा खडा गर्न लागी परेका छन । उनिहरुले फुटेर गएका बैध्य, विप्लव र बाबुरामहरुबाट सिकुन की बिभाजनको घाउ कति पिडापूर्ण हुन्छ !’

अध्यक्ष सिंहले चुरिफुरि गरेर पार्टी फुटाउनेहरु अहिले प्रचण्डको राजनितिक लाइन स्विकार्दै मास्क लगाएर खुमलटार छिरिरहेको आरोप समेत लगाएको नेता सञ्जीब रेग्मील जनकारी दिए ।

अखिल(क्रान्तिकारी)ले ‘विद्यार्थीसँग अखिल(क्रान्तिकारी)’ भन्ने नारा अन्तर्गत २३ गते कर्णाली , २६ गते सुदुरपश्चिम, ३१ गते बागमति सहित लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश र एक नम्बर प्रदेशमा अभियान उद्घाटन गर्ने अखिल क्रान्तिकारीका कार्यालय सचिव जनक बटालाले जानकारी दिए !

प्रतिक्रिया दिनुहोस
Advertisement