अयोग्य गभर्नर हुने देशमा इन्जिनियरले रुँदै देश छोड्नु परेको छ : पञ्चा सिंह


काठमाण्डु –  अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथी प्रश्न उठेको टिप्पणी गरेकी छन् ।

अखिल(क्रान्तकारी) हिमालय इन्जिनियरिङ कलेजद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितालाई बिहिबार काठमाडौमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो टिप्पणी गरेकी हुन ।

सरकार बेरोजगारीको समश्या हल गर्न असफल भएको भन्दै सिंहले प्राबिधिक जनशक्तिलाई मुलुकभित्रै खपत गर्ने बातबरण बनाउन आवश्यक रहेको धारणा राखेकी हुन .

“एका तर्फ दक्ष जनशक्तिको देशमा अभाव छ अर्को तर्फ तपाई इन्जिनियरहरु पासपोर्ट बनाउन जमलमा लाइन लाग्नु परेको छ ।” उनले भनिन ” नैतिक र शैक्षिक रुपमा समेत अयोग्यहरु गभर्नर बन्ने देशमा दक्ष इन्जिनियरहरु रुँदै बिदेशिन बाध्य हुनु परेको छ ।” भन्दै यो अवस्था अन्त्य गर्न संघर्ष जरुरी रहेको बिचार राखेको बिध्यार्थी सबिन सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement