काठमाण्डु-पाँचथरको फालेलुङ–५ प्राङवुङको डाँडागाउँमा भएकोे बम विस्फोटमा घाइते दुई बालकको कीर्तिपुरको बर्न अस्पतालमा उपचार सुरु भएको छ ।
घाइते पवन राई र दिप्सन राईलाई कीर्तिपुरको बर्न हस्पिटलमा थप उपचारका लागि पठाइएको फालेलुङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए ।
भदौ १३ गते भएको विस्फोटमा परी घाइते भएका पवनलाई गत शुक्रबार र दिप्सनलाई शनिबार पाँचथर अस्पतालबाट कोशी अस्पताल विराटनगरमा थप उपचारका लागि पठाइएको थियो ।
अविभावकले उपचारको प्रक्रिया पूरा नगरी पाँचथर नै फर्काएपछि पवनको घाउमा संक्रमण देखिएको थियो ।
विरानगरबाट आएका मानव अधिकारवादी संस्थाहरू इन्सेक र सिविनका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमख, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र बालकका अविभावकबीचको समन्वयपछि आज ती दुई बालकलाई काठमाडौं ल्याइएको हो ।
उनीहरूलाई किर्तिपुरसम्म पुग्ने यातायात र हवाई भाडा फालेलुङ गाउँपालिकाले बेहोर्ने र कीर्तिपुरको बन अस्पतालमा उपचारको प्रबन्ध सिविनले मिलाउने भएको छ ।
फालेलुङ–५ का माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा भएको विस्फोटमा ११ वर्षीय दिप्सन सावाँ र उनकी २ वर्षीया बहिनी प्रिन्साको मृत्यु भएको थियो ।
प्रतिक्रिया