राष्ट्रिय ध्वजाबाहक पानीजहाज भारतसम्म लैजाने सरकारको घोषणा


काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले सरकारले राष्ट्रिय ध्वजाबाहक पानीजहाज भारतसम्म जान सक्ने गरी तयारी थालेको बताएकी छन् ।

शुक्रबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जान सक्ने गरी तयारी थालिएको बताएकी हुन् ।

आगामी वर्षदेखि यस जलमार्गको प्रयोग गरी अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली पानीजहाज सञ्चालन गर्न कानुनी व्यवस्थासमेत गरिने भएको छ ।

भारतीय आन्तरिक जलमार्गसँग जोडिन गरी कोशी, गण्डकी र कर्णाली जलमार्ग विकास गरिने बताइएको छ ।

गण्डकी नदीलाई भारतीय आन्तरिक जलमार्गसँग जोड्ने र उपयुक्त स्थानमा टर्मिनल निर्माणको अध्ययन सुरु गरी तीन वर्षभित्र गण्डकी नदीमा जल यातायात सञ्चालन गरिने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement