पुषदेखि नारायणी नदीमा पानी जहाज चढ्न पाइने


काठमाडौं – नारायणी नदीमा पानी जहाज सञ्चालनमा आउने भएको छ । सरकारले गत दशैँबाट सञ्चालनमा ल्याउने घोषणा गरे रभर क्रुज शीपको स्वरुपमा परिवर्तन गर्दा सञ्चालनमा ढिलाई भएपछि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० बाट मात्रै नारायणी नदीमा पानी जहाज सञ्चालनमा आउने भएको हो ।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालिको १५ करोड रुपैयाँको लगानीमा दुई सय ५० जना क्षमताको रिभर क्रुज शीप सञ्चालनको अन्तिम तयारीमा पुगिएको कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए । अर्कोसाता शीपको परीक्षण पश्चात अङ्ग्रेजी नयाँ वर्षको दिनमा उद्घाटन गरेर नियमित सञ्चालनमा ल्याइने कँडेलले जानकारी दिए ।

कम्पनीले पानी जहाज कार्यालयबाट ३८ किलोमिटर दुरीमा जहाज सञ्चालनको अनुमति पाएको छ । कम्पनीले पर्यटकीयस्थल गोलाघाटदेखि पवित्र धार्मिक तीर्थस्थल देवघाटसम्मको दुरीमा जहाज सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement