पन्त र खुना परिवारलाई भेटन सत्तापक्ष र प्रतिपक्षको अलग अलग टोली फरक समयमा जब घर पुगे


कन्चनपुर – बलात्कारपछि हत्या गरिएको एक महिनापछि आइतबार निर्मला पन्तको घरमा सत्ता पक्ष र प्रतीपक्षका नेताहरुको अलग अलग टोली फरक-फरक समयमा पुगेको छ ।

प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर नेकपा स्थायी समिति सदस्य तथा कैलालीका सांसद लेखराज भट्ट, कञ्चनपुरका सांसदद्वय दीपकप्रकाश भट्ट र नरबहादुर धामी, प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह निर्मलाको घर पुगे । घरमा मलिन मुद्रामा देखिएका बुवा आमासँग कुरा गर्दै भट्टले भने – हामी प्रधानमन्त्रीको सन्देश बोकेर आएका हौँ । निर्मलाले न्याय पाउनुपर्छ र अपराधी जतिसुकै शक्तिशाली भए पनि कानुनी कठघरामा आउनेछन् ।

संसद दिपक प्रशाद भट्ट र नर बहादुर धामीले पनि सरकारले न्याय दिलाउने बताए । लगत्तै प्रमुख प्रतिपक्षी कांग्रेस ले पठाएको केन्द्रिय टोलीका सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायरले निर्मलाको परिवारलाई भेटे । भेटका क्रममा उनिहरुले पनि पन्त परिवारले न्याय पाउनु पर्ने बताए । उनीहरुले सरकार घटना प्रती गम्भिर नबनेको आरोप लगाए । पन्त परिवारले भने दुबै टोलीलाई एउटै माग गरेका छन ।

बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले भने – हामीलाई क्षतीपुर्ती चाहिएको होइन दोषीलाई पत्ता लगाई कर्बाही हुनु पर्‍यो । एउटै घटनाको बारेमा पीडितलाई भेटन आएको दुई टोली बिच कुनै समन्वय हुन सकेको छैन । कन्चनपुरको अबस्थालाई साम्य पार्न केन्द्रबाट आएको दुई टोली बिच समन्वय हुँदा राम्रो सन्देश जाने स्थानियको भनाई रहेको छ ।

प्रदेश ७ का गृहमन्त्री प्रकाश शाहले काँग्रेस नेत्रत्वको टोली सँग समन्वय गर्न खोजे पनि उचित सम्पर्क हुन सकेको छैन । नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट ले भने – उहाँहरु पनि आउनु भएको छ भन्ने सुनियो तर समन्वय भएको छैन । पीडितलाई न्याय दिन सबै पक्ष सम्बेदनशिल हुनुपर्छू ,उनले भने  स्थिती अझै पनी ठीक ठाउँमा आएको छैन, भड्काउने तत्व अझै पनि सकृय हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement