पप्पु र रमण कन्स्ट्रक्सन कालोसूचीमा, अब ठेक्का लिन नपाउने


काठमाडौं – दुई ठुला ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुमगन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पप्पु कन्स्ट्रक्सन र रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरिएको जनाएको छ ।

हुलाकी राजमार्गमा लिएको जिम्मेवारी पूरा नगरेको भन्दै हुलाकी सडक निर्देशनालयको कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोहीअनुसार खरिद अनुमनले रमण–पप्पु जेभी कन्स्ट्रक्सनलाई लाई कुनै पनि सार्वजनिक खरिदमा तत्काल सहभागी हुन नपाउनेगरी रोक लगाएको जारी सुचनामा उल्लेख छ ।

यी कम्पनीहरुलाई सार्वजनिक खरिद नियमावलीको नियम १४१ बमोजिम कालोसूचीमा राख्ने प्रक्रियामा अघि बढाउनका लागि तत्काल कुनै पनि ठेक्कामा भाग लिन रोक लगाइएको कार्यालयले जानकारी दिएको छ ।

कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेसँगै यी दुई कम्पनीले अबको ६ महिनासम्म नयाँ ठेक्कामा भाग लिन पाउने छैनन् । तर पुराना कामलाई भने निरन्तरता दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement