प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडी निसिम थापाको मृत्यु


काठमाण्डु – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका एक खेलाडीको मृत्यु भएको छ ।

प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा आर्मीको तर्फबाट सहभागी भएका पाेखराका निसिम थापाको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको हो ।

प्रतियोगितामा सहभागी हुन पोखराको सराङकोटबाट बिहान १०ः३० बजे उडेलगत्तै उनी करिब एक सय मिटर तल जमिनमा बजारिएका थिए । ग्लाइडर नखुलेर वा हावाको उल्टो बहावका कारण उनी जमिनमा बजारिएको अनुमान गरिएको छ ।

उनलाई उपचारको लागि गण्डकी अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । पोखरा १० हस्पिटलचोकका २६ वर्षीय थापा प्याराग्लाइडिङका उत्कृष्ट खेलाडीमध्येका एक खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement