काठमाण्डु– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली नागरिक तथा विद्यार्थीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको बताएको छ ।
भारत पाकिस्तान तनावलाई लिएर मन्त्रालयले शुक्रबार पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा भनिएको छ:-
हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ। यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ। यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
वृन्दा सुबेदी खड्का +९२ ३३१३२९३११९
आर्सलान मेहमुदः +९२ ३४०५१७४२६१

प्रतिक्रिया