काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग आज भएको भेटमा क्रिकेटको विकासका लागि सहयोग गर्ने वचन दिएका हुन् ।
क्रिकेटर खड्काले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएकाेमा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक संजालबाट दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता नभुल्ने बताउँदै क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका छन्।
यस्तै प्रधानमन्त्री देउवाले पारसलाई नेपाल र नेपालीको शिर उँचो बनाउन दोस्रो इनिङमा पनि सफलताको शुभकामना दिएका छन् । ३४ वर्षीय अलराउण्डर पारसले साउन १९ गते अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
प्रतिक्रिया