क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा २३ मत पाएर पारस खड्का विजयी


काठमाण्डु – क्रिकेट संघ बागमती प्रदेश अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् ।

शुक्रवार भएको निर्वाचनमा २३ मत पाएर खड्का विजयी भएका हुन् । उनका प्रतिस्पर्धी उमेश पियाले १४ मत पाएका छन् ।

निर्वाचनबाट १३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टीमका १२ जना निर्वाचित भएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement